ललितपुरमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह

११ असार २०८२, बुधबार ०७:०९

काठमाडौं । ललितपुरको टीकाथली आसपास क्षेत्रमा भीषण वर्षा भएको र थप वर्षा हुने सम्भावना भएको भन्दै जल तथा मौसम विभागले सावधानी अपनाउन आग्रह गरेको छ।

विभागले सूचना जारी गरेर एसएमएस पठाएरै सावधानी अपनाउन आग्रह गरेको हो। ललितपुर भएर बग्ने गोदावरी खोला लगायत स–साना खोलाहरूमा बाढी आउन सक्ने जनाएको छ।

खासगरी नदी तटीय क्षेत्र र किनारको सडकबाट यात्रा गर्नेलाई विशेष सावधान अपनाउन आग्रह गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*