आज विदेशी मुद्राको विनिमयदर कति?

११ असार २०८२, बुधबार ०७:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार ११ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १३७.२७ रुपैयाँ र बिक्रीदर १३७.८७ रुपैयाँ तोकिएको छ।

त्यस्तै एक यूरोको खरीदभाउ १५९.३६ रुपैयाँ र बिक्रीभाउ १६०.०५ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरीदभाउ ८९.४० र बिक्रीभाउ ८९.७९ रुपैयाँ निर्धारण भएको छ भने १० जापानिज यनको खरीदमूल्य ९.४७ रुपैयाँ र बिक्रीमूल्य ९.५१ रुपैयाँ कायम भएको छ।

यता एक साउदी अरेबियन रियालको खरीददर ३६.५९ रुपैयाँ र बिक्रीदर ३६.७५ रुपैयाँ, कतारी रियाल एकको खरीददर ३७.६६ रुपैयाँ र बिक्रीदर ३७.८३ रुपैयाँ छ भने यूएई दिराम एकको खरीददर ३७.३८ रुपैयाँ र बिक्रीदर ३७.५४ रुपैयाँ रहेको छ।

कुवेती दिनार सबैभन्दा महंगो छ यसको खरीददर ४४८.९६ रुपैयाँ र बिक्रीमूल्य ४५०.९२ रुपैयाँ तोकिएको छ। दक्षिण कोरियन १०० वनको खरीददर १०.१० रुपैयाँ र बिक्रीदर १०.१४ रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*