एमएससी इन्जिनियरिङमा हिलसाइड उत्कृष्ट

काठमाडौं । सन् २०१२ देखि बिइ सिभिल र बिइ इलेक्ट्रीकल कार्यक्रमहरु संचालन गर्दै शुरु गरेको शैक्षिक यात्रा सन् २०२३ देखि सिभिल तर्फ एमएस्सी इन कन्ष्ट्रक्सन मेनेजमेण्ट र इलेक्ट्रीकल तर्फ एमएस्सी इन इलेक्ट्रीकल पावर इन्जिनियरिङ कार्यक्रमहरु थप गरेर बिशिष्टिकृत गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको छ ।
यस शैक्षिक सत्र २०८२ देखि बिइ तर्फ कम्प्युटर इन्जिनियरिङ र आइटीको अर्को आयाम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बिआइटी) समेत संचालनको लागि पूर्वान्चल विश्वविद्यालयले सम्बन्धन प्रदान गरेको छ ।
नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा. डा. पद्म बहादुर शाहीको प्रमुख आतिथ्यता, पूर्वान्चल विश्वविद्यालयका डेपुटी कन्ट्रोलर मेनुका श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएको ग्राजुएट ओरियन्टेसन कार्यक्रममा हिलसाइड कलेज अफ इन्जिनियरिङका फ्याकल्टीको भूमिकामा समेत रहनु भएका पूर्व सचिब एवं जलस्रोत बिज्ञ दिनेश घिमिरे, पूर्व सचिव रबिन्द्र श्रेष्ठ, पूर्व सचिव मणिराम गेलाल, नाष्टका पूर्व भिसी प्रा. डा. सुनिलबाबु श्रेष्ठ लगायत अतिथीको रुपमा थिए ।
नयाँ विद्यार्थीहरुलाई शुभकामना दिदै प्रमुख अतिथी शाहीले गुणस्तर सम्बन्धमा काउन्सिलले अनुगमन, मुल्यांकन र नियमन गरिरहेको हुंदा कुनै गुनासो भए काउन्सिलमा सम्पर्क राख्न सकिने जानकारी गराउदै हिलसाइड कलेज अफ इन्जिनियरिङले न्यूनतम भौतिक पूर्वाधार लगायत काउन्सिलले तोकेका गुणस्तर तथा मापदण्ड पूरा गरेकोले नै काउन्सिलले स्थायी अनुमति प्रदान गरेको बताए ।
त्यसैगरी पूर्व सचिव दिनेश घिमिरेले नेपालमा अहिले इनर्जी सेक्टरमा भैरहेको लगानी, इनर्जी निकासी र इनर्जी खपतको सन्दर्भमा हजारौं इलेक्ट्रीकल इन्जिनियर आबश्यक पर्ने भन्दै पूर्वान्चल विश्वविद्यालयको पाठ्यक्रमले त्यस्ता जनशक्ति उत्पादन गर्ने कार्यमा संबोधन गर्ने भएकोले आफूले जानेको ज्ञान पुस्तान्तरणको लागि हिलसाइडको फ्याकल्टी भएको जानकारी गराए ।













