डलरको भाउ बढ्यो, अन्य मुद्राको विनिमयदर कति?

१२ असार २०८२, बिहीबार ०६:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार १२ गतेका लागि तोकेको विदेशी मुद्रोको विनिमयदर अनुसार डलरको भाउ १६ पैसाले बढेको छ। यस दिन एक अमेरिकी डलरको खरीदमूल्य १३७.४३ रुपैयाँ र बिक्रीमूल्य १३८.०३ रुपैयाँ कायम भएको छ।

यता एक यूरोको खरीददर १५९.४९ रुपैयाँ र बिक्रीदर १६०.१८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरीददर ८९.२७ रुपैयाँ र बिक्रीदर ८९.६६ रुपैयाँ र १० जापानिज यनको खरीददर ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ कायम भएको छ।

त्यसैगरी एक साउदी अरेबियन रियालको खरीदभाउ ३६.६४ रुपैयाँ र बिक्रीभाउ ३६.८० रुपैयाँ, कतारी रियाल एकको खरीदभाउ ३७.७० रुपैयाँ र बिक्रीभाउ ३७.८७ रुपैयाँ र एक यूएई दिरामको खरीदभाउ ३७.४२ रुपैयाँ र बिक्रीभाउ ३७.५८ रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*