प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाने

१२ असार २०८२, बिहीबार ०९:४१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही शनिबार युरोपेली मुलुक स्पेनमा औपचारिक भ्रमणमा जाने भएका छन्।

स्पेन भ्रमणको क्रममा असार १६ गतेदेखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिनेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो समकक्षीसँग भेट गर्ने र सहयोग र सम्बन्ध विस्तारसम्बन्धी विषयमा सहमति गर्ने कार्ययोजना रहेको छ।

भ्रमणसम्बन्धी सम्पूर्ण तयारी भइसकेको स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*