एचआईडीसीएलको कम्पनी सचिवमा रमेश पनेरू नियुक्त

१२ असार २०८२, बिहीबार ११:२५

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को कम्पनी सचिवमा रमेश पनेरू नियुक्त भएका छन्।

कम्पनीको सञ्चालक समितिको बैठकले कामय मुकायम प्रमुख प्रबन्धक (वित्त) पदमा कार्यरत रमेश पनेरूलाई सचिवको अतिरिक्त जिम्मेवारी तोक्ने निर्णय गरेको हो।

साथै अतिरिक्त सचिवको कार्यभार सम्हालेबापत उनलाई मासिक १५ हजार ६२५ रुपैयाँ अतिरिक्त पारिश्रमिक दिने निर्णय पनि बैठकले गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*