टेलिकमको रिचार्ज सेवा अवरुद्ध हुने

१२ असार २०८२, बिहीबार १६:१७

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो ग्राहक सेवा प्रणालीको नियमित मर्मतका क्रममा रिचार्ज तथा सब्सक्रिप्सन सेवा केही समयका लागि बन्द हुने जानकारी दिएको छ।

टेलिकमका अनुसार असार १२ गते (बिहीबार राति) ११:५५ बजेदेखि करिब दुई घण्टासम्म रिचार्ज तथा सब्सक्रिप्सन सेवा बन्द हुनेछ। कम्पनीले प्रणाली मर्मतसम्बन्धी कार्यका लागि यो सेवा अस्थायी रुपमा स्थगन गरिएको जानकारी दिएको हो।

यद्यपि उक्त समयमा भ्वाइस, एसएमएस, डेटा तथा आइपीटीभी सेवाहरू भने यथावत सञ्चालनमा रहने कम्पनीले स्पष्ट पारेको छ।

टेलिकमले यसबाट ग्राहकवर्गमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक सहयोग र समझदारीका लागि अनुरोध गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*