डलरको भाउ घट्यो, अन्य मुद्राको विनिमयदर कति?
१३ असार २०८२, शुक्रबार ०७:२८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार डलरको भाउ ५९ पैसाले घटेको छ। आज एक अमेरिकी डलरको खरीदमूल्य १३६.८४ रुपैयाँ र बिक्रीमूल्य १३७.४४ रुपैयाँ कायम भएको छ।
यता एक यूरोको खरीदभाउ १६०.१४ रुपैयाँ र बिक्रीभाउ १६०.८४ रुपैयाँ, एक अष्ट्रेलियन डलरको खरीदभाउ ८९.४१ रुपैयाँ र बिक्रीभाउ ८९.८० रुपैयाँ, १० जापानिज यनको खरीदभाउ ९.४८ रुपैयाँ र बिक्रीभाउ ९.५२ रुपैयाँ तोकिएको छ।
साउदी अरेबियन रियाल एकको खरीददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३७.४२ रुपैयाँ, कतारी रियाल एकको खरीददर ३७.५४ रुपैयाँ र बिक्रीदर ३७.७१ रुपैयाँ र यूएई दिरामको खरीददर ३७.२६ रुपैयाँ र बिक्रीदर३७.४२ रुपैयाँ निर्धारण भएको छ।












