सुनको मूल्यमा उच्च गिरावट, शुक्रबार प्रतितोला कति ?
१३ असार २०८२, शुक्रबार ११:१७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा दुई हजार ९०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला दुई हजार १६५ रुपैयाँमा आइपुगेको छ ।













