निर्जीवन बीमकद्वारा जेठ महिनामा झण्डै ४ अर्ब बीमा शुल्क आर्जन, अग्रस्थानमा सलिको र हिमालयन एभरेष्ट

१३ असार २०८२, शुक्रबार १०:४३

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा निर्जीवन बीमा कम्पनीहरु करिव चार अर्ब रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीको बैशाख महिनामा तीन अर्ब ९३ करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.९३ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आवको जेठमा तीन अर्ब ४५ करोड ५० लाख रुपैयाँ आर्जन गरेका थिए । समीक्षा अवधिमा जेठ महिनामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा बढी बीमा व्यवसाय भित्र्याएको छ भने युनाइटेड अजोड इन्स्योरेन्सको व्यवसाय गत आवको तुलनामा सर्वाधिक बृद्धि भएको प्रकाशित विवरणले देखाएको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले जेठ महिनामा ४६ करोड २२ लाख रुपैयाँको व्यवसाय गरेको छ । कम्पनीको व्यवसाय १३.२१ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यवसाय जेठ महिनामा ४१ प्रतिशतले बढेर ४३ करोड २७ लाख लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४२ करोड ८९ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सले ४० करोड ९० लाख रुपैयाँको व्यवसाय भित्र्याएका छन् ।

जेठ महिनामा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको ३६ करोड ९९ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको ३२ करोड ६० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ३१ करोड ९० लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सको २६ करोड ४० लाख रुपैयाँ र नेको इन्स्योरेन्सको २५ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन रहेको छ ।

त्यस्तै, द ओरियण्टल इन्स्योरेन्सको १६ करोड ८५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको १५ करोड ५७ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको १५ करोड १३ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको १४ करोड ४९ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सको चार करोड ७६ लाख रुपैयाँको बीमा व्यवसाय रहेको छ ।

बृद्धिदरका आधारमाः

स्रोतः नेपाल बीमा प्राधिकरण

व्यवसाय बृद्धिदरका आधारमा युनाइटेड अजोड इन्स्योरेन्सले छलाङ मारेको छ । कम्पनीको व्यवसा यगत आर्थिक वर्षको तुलनामा ५४.६४ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, द ओरियण्टल इन्स्योरेन्सको ५४.३९ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ४३.८३ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४१ प्रतिशत, प्रभु इन्स्योरेन्सको २० प्रतिशतले बृद्धि भएको छ । समग्र हिसावले हेर्दा जेठ महिनामा १० वटा कम्पनीको व्यवसाय बढेको छ भने चार वटाको दुई प्रतिशतदेखि ३६ प्रतिशतसम्म घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*