६ वर्षपछि पहिलोपटक भारतीय तीर्थयात्रीहरू कैलाश मानसरोवर यात्रा गर्दै तिब्बत प्रवेश

१३ असार २०८२, शुक्रबार १०:४७

काठमाडौं । कोभिड–१९ महामारीका कारण लामो समयदेखि अवरुद्ध रहेको कैलाश मानसरोवर यात्रा पुनः सुरु भएको छ। सन् २०२० यता बन्द रहेको यो पवित्र तीर्थयात्रा कैलाश भिजन ट्रेक्सको पहलमा पुनः सञ्चालनमा आएको हो।

कम्पनीले भारतीय तीर्थयात्रीहरूको एक समूहलाई तिब्बतको सिमाना पार गराउँदै सफलतापूर्वक यात्रा सम्पन्न गराएको छ। छ वर्षपछि पहिलोपटक भारतीय तीर्थयात्रीहरूले तिब्बत प्रवेश गर्न पाउनु यो यात्राको ऐतिहासिक पुनरागमनको रूपमा लिइएको छ। कैलाश पर्वत र मानसरोवर ताल हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि अत्यन्तै पवित्र तीर्थस्थल मानिन्छन्। महामारीका कारण बन्द भएको मार्ग पुनः खुल्नासाथ तीर्थयात्रीहरूको सहभागिता हुनु यात्राप्रतिको गहिरो श्रद्धा र आस्थाको प्रमाण हो।

कैलाश भिजन ट्रेक्सका सञ्चालन निर्देशक सन्देश आचार्यले सफल यात्राको जानकारी दिँदै भने, ‘यो केवल एक समूहको प्रस्थान मात्र होइन, सम्पूर्ण तीर्थ यात्रा समुदायका लागि एक आध्यात्मिक पुनर्जागरण र गौरवपूर्ण उपलब्धि हो। नेता भनेको बाटो जान्ने, देखाउने र आफैँ अघि बढ्ने व्यक्ति हो’ भन्ने भनाइ हाम्रो टिमले व्यवहारमा उतार्दै यो सफलता सम्भव बनाएको हो।’

कम्पनीले यात्राको सफलतामा भूमिका खेलेका सबै साझेदारहरू, सम्बद्ध निकायहरू तथा लामो समयदेखि प्रतीक्षारत तीर्थयात्रीहरूलाई विशेष धन्यवाद व्यक्त गरेको छ। कैलाश भिजन ट्रेक्सले आगामी २०२५ तथा त्यसपछिका वर्षहरूमा पनि सुरक्षित, व्यवस्थित र आध्यात्मिक अनुभवयुक्त तीर्थयात्रा सञ्चालन गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

यो सफल यात्राले हिमाली तीर्थ पर्यटनको पुनरुत्थानमा आशा जगाएको छ। साथै, विश्वभरबाट कैलाश दर्शनको प्रतीक्षामा रहेका हजारौँ श्रद्धालुहरूलाई नयाँ प्रेरणा दिएको छ। यसले नेपालमार्ग हुँदै कैलाश मानसरोवर यात्रा गर्ने सम्भावनालाई थप सुदृढ बनाएको र अध्यात्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*