आज असार १५ गतेः धान दिवस र दही चिउरा खाने दिन
१५ असार २०८२, आईतवार ०७:३९

काठमाडौं । आज असार १५ गते नेपाली सांस्कृतिक परम्परा अनुसार दही चिउरा खाने दिन रहेको छ। यसै दिनलाई राष्ट्रिय धान दिवसका रूपमा पनि मनाइने गरिन्छ।
खासगरी असार भरी रोपाईं गरेर थकित शरीरमा दही चिउरा खानाले शीतलता भइ शक्ति सञ्चय होस् भन्ने विश्वासका साथ दही चिउरा खाने गरिन्छ।
त्यसैगरी आजको दिनलाई राष्ट्रिय धान दिवसका रूपमा पनि मनाइने गरिन्छ। नेपाल कृषि प्रधान देश भएको र यहाँका अधिकांश मानिस कृषि पेशामा आवद्ध भएकाले ६०६२ सालदेखि नै आजको दिनलाई धान दिवसको रूपमा मनाइदै आइएको छ।













