हकप्रद प्रस्तावसहित लुम्बिनी केवलकारले डाक्यो विशेष सभा
१५ असार २०८२, आईतवार १०:३८

काठमाडौं । लुम्बिनी केवलकार लिमिटेडले विशेष साधारण सभा डाaकेको छ । कम्पनीले आगामी साउन ३ गते काठमाण्डौको लाजिम्पाटमा रहेको होटल ले हिमालयमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा कम्पनीको अधिकृत तथा चालु पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।











