प्रमुख ५ दलका सचेतकसँग सभामुखले गरे छलफल, निजामति र शिक्षा विधेयकमा सहभागी हुन अनुरोध

१५ असार २०८२, आईतवार १३:२४

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख ५ राजनितीक दलका सचेतकसँग संसद अवरोध हटाउने सम्बन्धमा छलफल गरेका छन् । आइतबार संसद सचिवालय, बानेश्वरमा निजामति विधेयकमा सबै राजनीतिक दलको भूमिका आवश्यक रहेको भन्दै सभामुख घिमिरेले छलफल गरेका हुन् ।

सहमति र सहकार्यको माध्यमबाट संसदीय प्रक्रियामा सहभागी हुन रास्वपा र राप्रपालाई सभामुख सभामुख घिमिरेले आह्वान गरेका छन् । साथै उनले महत्त्वपूर्ण विधेयकमा संसदका प्रमुख दलहरू छुट्नु राम्रो नभएको बताए ।

निजामति शिक्षा जस्ता संघीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा सबै सहभागी हुने वातावरण बनाउन सभामुखले सबै राजनीतिक दलका सचेतकलाई अनुरोध गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*