ढिलो सार्वजनिक भयो सुनको दर, आइतबार प्रतितोला कति ?
१५ असार २०८२, आईतवार १४:०३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार भने सुन तोलामा एक लाख ८९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।
यता, चाँदीको मूल्य भने तोलामा दुई हजार १४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता कर लगाएको छ भने गहनामा हिरा र अन्य बहुमूल्य पत्थर जडान गरिएमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने प्रावधान राखिएको छ। यिनै करको विरोधमा देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्। सोहि कारण आज मूल्य निर्धारण महासंघले ढिलो गरेको हो ।













