झापाको फर्निचर पसलमा आगलागी, १२ लाखको क्षति

१६ असार २०८२, सोमबार ०७:५७

काठमाडौं । झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित खड्का फर्निचरमा राति आगलागी भएको छ। प्रहरीका अनुसार आगलागीबाट करीब १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

मोती बहादुर खड्काको एकतले टिनको घरमा सञ्चालन हुँदै आएको फर्निचर पसलमा राति साढे १२ बजेतिर आगो लागेको हो। आगलागीबाट काठ चिर्ने मेसिन र फर्निचर बनाउन राखिएको काठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगो लागेको सूचना पाएपछि अस्थायी प्रहरी पोष्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक नोरजंग लामाको नेतृत्वमा टोली खटिएको थियो। प्रहरी र स्थानीयवासीले बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए।

आगलागीको कारण खुलिसकेको छैन यद्यपि प्रहरीले विद्युत् सट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*