मकवानपुरमा भारतीय ट्रक दुर्घटना, चालकको मृत्यु सहचालक घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्गमा पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै कोइला बोकेको भारतीय ट्रक दुर्घटना भएको छ। आज बिहानै भएको सो दुर्घटनामा परी ट्रक चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।
भारतको बनारसबाट रिद्दिसिद्धी सिमेन्ट उद्योगका लागि कोइला लिएर आउँदै गरेको यूपी ६१ एटी ०९६२ नम्बरको लरी ट्रक दुर्घटनामा परेको हो। दुर्घटनामा परेर सोही ट्रकका चालक भारतको गाजीपुर जिल्ला पुरैनियाँ बस्ने ४५ वर्षीय महेन्द्र यादवको ज्यान गएको हो।
ट्रकभित्र च्यापिएर अचेतावस्थामा रहेका उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि हेटौंडा अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। सोही स्थानका ट्रक सहचालक २६ वर्षीय मजोज यादवलाई प्रहरीले उद्धार गरेर हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।











