पिउने पानीमा धोका! काठमाडौँमा ४४ वटा मापदण्डविपरीत जार जफत

१७ असार २०८२, मंगलवार १४:०७

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले पिउने पानीको गुणस्तर जाँच गर्न गरेको अनुगमनका क्रममा मापदण्ड नपुगेका ४४ वटा पानी जार बरामद गरेको छ। महानगरको कृषि तथा पशुपन्छी विभागले गोङ्गबु बसपार्क क्षेत्रमा अनुगमन गर्दा कुच्चिएका, फुटेका र अपारदर्शी जार भेटिएपछि ती सबै जार जफत गरिएको हो।

जफत गरिएका जार महानगर प्रहरी बलको जिम्मा दिइएको छ, जसले ती जार नष्ट गर्ने कार्य अघि बढाउनेछ। अनुगमनमा प्रशोधित पानी बोक्ने २८ वटा सवारी साधन निरीक्षणमा परेका थिए। विभिन्न कम्पनीका पानी जार प्रयोग भइरहे पनि तीमध्ये थुप्रै जार प्रयोगयोग्य मापदण्डविपरीत भेटिएको महानगरको भनाइ छ। उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालका जार प्रयोग भइरहेको पाइएपछि महानगरले सम्बन्धित पानी उत्पादक कम्पनीलाई स्पष्ट निर्देशन दिएको छ।

निर्देशन अनुसार अब कम्पनीले मापदण्ड विपरीतका जारमार्फत पिउने पानी बिक्री–वितरण नगर्नुपर्नेछ। साथै, प्रत्येक जारमा स्पष्ट विवरणसहितको लेबल अनिवार्य रूपमा टाँस्नुपर्ने, र सवारी साधनमा कम्पनीद्वारा जारी गरिएको बिल–बिजक साथमा राख्नुपर्ने भनिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*