सस्तियो डलरको भाउ, अन्य मुद्राको सटहीदर कति?

१८ असार २०८२, बुधबार ०७:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज असार १८ गत अमेरिकी डलरको भाउ ४३ पैसाले सस्तिएर खरीदमूल्य १३६.५४ रुपैयाँ र बिक्रीमूल्य १३७.१४ रुपैयाँ कायम भएको छ।

आज अष्ट्रेलियन डलर एकको खरीददर ८९.८८ रुपैयाँ र बिक्रीदर ९०.२८ रुपैयाँ, १० जापानिज यनको खरीददर ९.५५ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ, कतारी रियाल एकको खरीददर ३७.४६ रुपैयाँ र बिक्रीदर ३७.६३ रुपैयाँ कायम भएको छ।

यता यूएई दिराम एकको खरीददर ३७.१७ रुपैयाँ र बिक्रीदर ३७.३४ रुपैयाँ, दक्षिण कोरियन १०० को खरीददर १०.०९ रुपैयाँ र बिक्रीदर १०.१३ रुपैयाँ छ भने कुवेती दिनार एकको खरीददर ४४७.५३ रुपैयाँ र बिक्रीदर ४४९.५० रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*