२८ लाख नगदसहित वीरगंजबाट तीन जना पक्राउ

१८ असार २०८२, बुधबार १६:००

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको नगद २८ लाख २७ हजार रुपैयाँसहित पर्सा जिल्लाका छुट्टाछुट्टै स्थानबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पकाहामैनपुर–२ का २६ वर्षीय अनिल कुमार वर्णवाल, वीरगंज –३ का २३ वर्षीय बिनितकुमार श्रीवास्तव र बारा परवानीपुर–४ का ४४ वर्षीय दीपक कुमार सोनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले अनिल कुमारलाई वीरगंज १० मकालु चोकबाट ९ लाख ४७ हजार रूपैयाँ, बिनित कुमारलाई सोही वीरगंज–८ कृषि विकास बैंक लिंकरोडबाट १५ लाख ८१ हजार रूपैयाँ र दीपक कुमारलाई वीरगंज–१६ रजतजयन्ती चोकबाट ३ लाख रूपैयाँसहित पक्राउ गरेको हो ।

उनीहरू उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा मुद्दा चलाउन जिल्ला अदालत पर्साबाट ५ दिन हिरासत म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*