बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय

१८ असार २०८२, बुधबार १६:११

काठमाडौँ ।  बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं अवामी लिगकी अपदस्थ नेतृ शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले अदालतको अवहेलना सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै ६ महिनाको कैद सजाय सुनाएको छ।न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको अध्यक्षतामा रहेको तीन सदस्यीय इजलासले बुधबार सो फैसला सुनाएको हो।

त्यसैगरी, गाइबान्धाको गोविन्दगञ्ज निवासी शाकिल आकन्द बुलबुललाई पनि सोही मुद्दामा दुई महिनाको जेल सजाय दिइएको छ।

शेख हसिनाले झण्डै ११ महिना अगाडि प्रधानमन्त्री पद त्याग गर्दै बंगलादेश छाडेकी थिइन्। उनी पछिल्लो समय भारतमा आश्रय लिएर बसेको बताइएको छ।

गत वर्ष जुन २०२५ मा आईसीटीले हसिनाविरुद्ध ‘मानवता विरुद्धका अपराध’ मा संलग्न भएको औपचारिक आरोप सार्वजनिक गरेको थियो।

अभियोजन पक्षका अनुसार, सन् २०२४ को जुलाईमा देशभरि फैलिएको जनआन्दोलनको समयमा भएको सामूहिक हिंसा तथा हत्याका लागि हसिना मुख्य योजनाकार थिइन्। प्रमुख अभियोजक मोहम्मद ताजुल इस्लामको नेतृत्वमा तयार गरिएको आरोपपत्रमा हसिनालाई जुलाई र अगस्ट महिनामा भएका दमनात्मक घटनाहरूको केन्द्रिय नेतृत्वदायी व्यक्ति भनेर चित्रित गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*