काठमाडौं–ललितपुरमा घर भाडामा लिएर क्रिप्टो धन्दा, ६ चिनियाँसहित ५२ जना पक्राउ

१८ असार २०८२, बुधबार १७:४४

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा घर भाडामा लिएर अवैध क्रिप्टो कारोबार गर्दै आएका ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये ६ जना चिनियाँ नागरिक समेत रहेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा मंगलबार छापा मारी ५२ जनालाई नियन्त्रणमा लिएको हो।

ब्युरोका अनुसार ललितपुर महानगरपालिका–४ स्थित वालिफलको दमकल चोक र काठमाडौं महानगरपालिका–१३ चागल क्षेत्रमा घर भाडामा लिएर सो कारोबार सञ्चालन हुँदै आएको थियो।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूमध्ये ६ जना चिनियाँ नागरिकलाई क्रिप्टो कारोबारमा प्रत्यक्ष संलग्न रहेको पुष्टि गर्दै डिजिटल मुद्रासम्बन्धी मुद्दा दर्ता गरेको छ। बाँकी ४६ जनामाथि अनुसन्धान जारी राखिएको छ।

घटनास्थलबाट प्रहरीले स्रोत नखुलेको १३ लाख ९९ हजार ९५० रुपैयाँ समेत बरामद गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार घरभित्रै लुकिछिपी प्रविधिको सहायतामा विभिन्न डिजिटल मुद्रा खरिदबिक्री गर्ने काम भइरहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*