बाराको जगदम्बा स्टील्सको भट्टीमा बिस्फोट, एकजना घाइते
१९ असार २०८२, बिहीबार ०६:४५

काठमाडौं । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२ मा रहेको जगदम्बा स्टील्सको भट्टीमा बिस्फोट हुँदा एकजना घाइते भएका छन्।
बिस्फोटमा परी घाइते हुनेमा भारतको बिहारस्थित सीतामडीमा बस्ने ३५ वर्षीय अजय बैठा रहेका छन्। त्यहाँ अपरेटरको काम गर्दै आएका उनको बिस्फोटको कारण दाहिने हातमा चोट लागेको प्रहरीले जानकारी दिएको छ।
राति करीब ९ बजेर १५ मिनेट जाँदा फलाम पगाल्ने क्रममा भट्टीमा अचानक बिस्फोट भएको हो। बिस्फोटको कारण त्यहाँ लागेको आगो प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
घटानाको थप अनुसन्धान भइरहेको र क्षतिको विवरण निकाल्ने काम जारी रहेको प्रहरीले जानकारी दिएको छ।











