आज फलफूल र तरकारीको भाउ कति?

१९ असार २०८२, बिहीबार ०८:२१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेँडा २२ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, तने बोडी ३० रुपैयाँ, लोकल घिउ सिमी ४० रुपैयाँ, तीते करेला ५० रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ र घिरौला ४५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी हरियो फर्सी ३० रुपैयाँ, भिण्डी ४० रुपैयाँ, पिंडालु ६० रुपैयाँ, इस्कूस ४० रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ, ब्रोकाउली ५५ रुपैयाँ, मालदह आँप ८० रुपैयाँ, रूख कटहर ४५ रुपैयाँ र लोकल काँक्रो ५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।

समितिले तोकेको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*