डलरको भाउ घट्यो, अरू मुद्राको विनिमयदर कति?
२० असार २०८२, शुक्रबार ०७:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ ६३ पैसाले घटेर बिक्रीदर १३६.२० रुपैयाँ र बिक्रीदर १३६.८० रुपैयाँ कायम भएको छ।
यस दिन अष्ट्रेलियन डलर एकको खरीददर ८९.६१ रुपैयाँ र बिक्रीदर ९० रुपैयाँ, १० जापानिज यनको खरीददर ९.४७ रुपैयाँ र बिक्रीदर ९.५१ रुपैयाँ, कतारी रियाल एकको खरीददर ३७.३७ रुपैयाँ र बिक्रीदर ३७.५३ रुपैयाँ तोकिएको छ।
त्यसैगरी यूएई दिराम एकको खरीददर ३७.०८ रुपैयाँ र बिक्रीदर ३७.२४ रुपैयाँ, मलेसियन रिंगिट एकको खरीददर ३२.२५ रुपैयाँ र बिक्रीदर ३२.३९ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरीददर १० रुपैयाँ र बिक्रीदर १०.०५ रुपैयाँ तोकिएको छ।












