भन्सार छलेर सामान ल्याउने स्थानीय र सशस्त्रबीच सीमा नजिक भिडन्त

काठमाडौं । धनुषामा भन्सार छलेर सामान ल्याउने स्थानीय र सशस्त्र प्रहरीबीच भिडन्त भएको छ। भिडन्तको क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्।
भिडन्तलाई नियन्त्रणमा ल्याउन प्रहरीले ४ राउण्ड हवाई फायर र १३ सेल अश्रुग्यास समेत प्रहार गरेको छ।
धनुषाको विदेह नगरपालिका–२ दुहबीस्थित नेपाल–भारत बीमा नजिक भिडन्त भएको हो। स्थानीय समेतले बहीबार साँझ ७ बजेको समयमा तस्करीको सामान भित्र्याएर आँपको बगैंचामा राखेको सूचना प्रहरीले प्राप्त गरेको थियो।
उक्त सूचनाको आधारमा सशस्त्र प्रहरीको ३० जनाको टोली त्यसतर्फ गएको थियो। तर सशस्त्र प्रहरी पुगेलगत्तै त्यहाँका तस्कर समेतको समूहले घरेलु हतियार, भाटा र ढुंगामुढा सहित प्रहरीमाथि जाइलागेका थिए।
त्यसैलाई नियन्त्रणमा लिन सशस्त्रले बल प्रयोग गरेको जानकारी दिएको छ। त्यसक्रममा ६ जना प्रहरी घाइते भएका हुन्।













