नेपाली सेनाका २२ कर्नेलहरूको सरुवा, को कहाँ पुगे?

काठमाडैं । नेपाली सेनाका २२ जना कर्नेल (महासेनानी) को सरुवा भएको छ। उनीहरूलाई असार ११ गतेदेखि लागू हुने गरी सरुवा गरिएको हो।
नेपाली सैनिक वार कलेजका मिलन तुलाचन रणनीतिक अध्ययत तथा योजना निर्देशनालयमा पुगेका छन् भने उपत्यका पृतना हेडक्वार्टरका वीरेन्द्र मल्ल ठकुरी एम्युनिशन कार्य महाशाखामा पुगेका छन्।
त्यसैगरी रणनीतिक अध्ययन तथा योजना निर्देशनालयका मनोज थापा मध्यपूर्वी पृतना हेडक्वार्टरमा र सैनिक सामग्री प्राप्ति निर्देशनालयका सुधिर केसी ९ नम्बर बाहिनी अड्डामा सरुवा भएका छन् भने सैनिक सचिव विभागका मनोज भण्डारी २६ नम्बर बाहिनी अड्डामा पुगेका छन्।
९ नम्बर बाहिनीका डम्बरबहादुर बोहरा सैनिक इन्टलिजेन्स निर्देशनालयमा, उपत्यका पृतना हेडक्वार्टरका सुरज वैदवार नेपाली सैनिक प्रतिष्ठानमा, एम्युशिन कार्य महाशाखाका लक्ष्मीभक्त श्रेष्ठ मध्यपूर्वी पृतना हेडक्वार्टरमा सरुवा भएका छन्।
त्यस्तै नेपाली सैनिक बार कलेजका गौतमचन्द्र केसी २२ नम्बर बाहिनीमा, जंगी असवाव खानाका दिनेश अधिकारी राष्ट्रिय प्रतिरक्षा महाविद्यालयमा, पूर्वी असवाव खानाका पंकजराज पोखरेल उपत्यका पृतना हेडक्वार्टरमा सरुवा भएका छन्।
मध्यपश्चिम पृतना हेडक्वार्टरका झुलेन्द्रविक्रम बस्नेत विशेष फौज बाहिनीमा, २६ नम्बर बाहिनीका शिखर जबरा सैनिक वार कलेजमा, नीति तथा योजना निर्देशनालयका पवनकुमार खड्का श्रव्यदृश्य तथा प्रकाशन महाशाखामा, विशेष फौज बाहिनीका समुन्द्र थापा मध्य पृतना हेडक्वार्टरमा र सैनिक संगठन निर्देशनालयका प्रकाश थापा सैनिक कमान्ड तथा स्टाफ कलेजमा सरुवा भएका छन्।
यता सैनिक सचिव विभागका विश्वनाथ तिमिल्सिना सुदूरपश्चिम पृतना हेडक्वार्टरमा, निरीक्षण निर्देशनालयका विजय बस्नेत सैनिक सचिव विभागमा, सैनिक सचिव विभागका विकास केसी गुणस्तर नियन्त्रण महाशाखामा र मध्यपश्चिम पृतना हेडक्वार्टरका सन्जिव सिलवाल सैनिक कमान्ड तथा स्टाफ कलेजमा सरुवा भएका छन्।













