काठमाडौँमा अवतरण असफल, चाइना इस्टर्नको जहाज डाइभर्ट भई ढाकामा अवतरण

काठमाडौँ । चिनको सहर कुनमिङबाट काठमाडौँका लागि आएको चाइना इस्टर्न एयरलाइन्स (युनान मयूर लिभरी) को जहाज खराब मौसमका कारण काठमाडौँमा अवतरण गर्न नसकी बङ्गलादेशको राजधानी ढाका अवतरण गर्न बाध्य भएको छ।
काठमाडौँ उपत्यकाको मौसम लगातार खराब भइरहेकाले जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउन कठिनाइ भएको हो। मौसममा सुधार नआएपछि वैकल्पिक गन्तव्यका रूपमा ढाका रोजिएको जनाइएको छ।
उक्त जहाज केही समय काठमाडौँको आकाशमा फन्का लगाइरहेपछि नियन्त्रण कक्षले ‘डाइभर्ट’ गर्ने निर्णय लिएको थियो। यसरी अवतरण नपाएर अन्यत्र डाइभर्ट हुनुपर्ने अवस्थाले यात्रुहरूलाई असहज परिस्थिति व्यहोर्नुपरेको छ।
चिनबाट आएको जहाज काठमाडौंमा अवतरण हुन नसक्दा आकाशमै फन्का मार्दै












