बेरुजु नबढाउने गरी काम गरौंः सभामुख घिमिरे

२२ असार २०८२, आईतवार १४:१२

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ऐन कामको पूर्ण पालन गरी बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिन जरुरी रहेको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतका सार्वजनिक लेखा समितिले आइतबार सिंहदरबारमा आयोजना गरेको बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी उद्घाटन गर्दै सभामुख घिमिरेले बेरुजूका कारण मुलुक आर्थिक रुपमा समस्यामा पर्ने देखिएकाले ऐन कामको पूर्ण पालन गर्नुपर्ने बताएका हुन्।

वित्तीय सुशासन, आर्थिक अनुशासन र समग्र अर्थतन्त्रमा बेरुजुको प्रभाव र बेरुजु न्यूनीकरणका उपायहरुमाथि छलफल गरेर आवश्यक निष्कर्ष निकाल्नुपर्ने उनले बताए। सुशासन,सुख, समृद्धि र समानताको बिषय मुलुकको आर्थिक अवस्थाले तय गर्ने भन्दै सभामुख घिमिरेले अर्थतन्त्रलाई बलियो बनाउनु कुरामा ध्यान दिनुपर्ने धारणा राखे।सभामुख घिमिरले हेरक वर्ष देखिने बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्ने समेत बताए।

कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले सार्वजनिक लेखा समितिले सुशासनसँग जोडिएको विषयमा छलफल गरेर बेरुजुसम्बन्धी समस्या हल गर्नका लागि निकास निकाल्नुपर्नेमा जोड दिइन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*