प्रिमियर वायर्सको ब्रान्ड एम्बासडरमा पारस खड्का नियुक्त

२३ असार २०८२, सोमबार ११:२३

काठमाडौं ।   प्रिमियर वायर्स प्रालिले भव्य समारोहका बिच आफ्नो २५औँ स्थापना दिवस मनाएको छ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक पवनकुमार सारडा, सारडा समूहका अध्यक्ष शिव रत्न सारडा, प्रमुख अतिथि पूर्वमन्त्री अमनलाल मोदी र विशिष्ट अतिथि पूर्व राष्ट्रिय क्रिकेट कप्तान तथा हाल क्यानका सचिव पारस खड्का, नेपाल उद्योग परिसंघका राष्ट्रिय उपाध्यक्ष भिम घिमिरे, नेपाल विद्युतिय व्यवसायी महासंघकाका अध्यक्ष रेसम देवकोटा लगायतका पदाधिकारीको उपस्थितिमा दिवस मनाइएको हो।

सो अवसरमा कम्पनीले नेपाली खेलकुदमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल क्रिकेट संघका सचिव पारस खड्कालाई आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको घोषणा गरेको छ। खड्काले आफूलाई दिइएको भूमिकाले नेपाली उत्पादनप्रतिको भरोसा थप बलियो पार्ने प्रतिबद्धता जनाएका छन्।

समारोहमा कम्पनीका निर्देशक सौरभ सारडाले २५ वर्षअघि प्रारम्भमा भोगेका आर्थिक, प्राविधिक र बजारका चुनौतीहरू स्मरण गर्दै अगुवाहरूको जोखिमपूर्ण निर्णयले आजको उचाइ सम्भव भएको बताए। “डिलर, कर्मचारी र उपभोक्ताबिच पानी–माछाको सम्बन्ध कायम राख्दै अघि बढ्नेछौँ,” उनले भने।

सो अवसरमा नेपालभरिका डिलरहरूसँग डिलर मिटका साथै प्रिमियर पार्टनर समिट २०२५ कार्यक्रम समेत गरिएको छ। स्थापना दिवसले प्रिमियर वायर्सलाई उद्योग–विस्तार, खेलकुद प्रवर्द्धन र साझेदारमैत्री अभियान सुदृढ गर्ने नयाँ मोड दिएको कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*