झाँक्रे खोला जलविद्युत परियोजनामा पहिरोले टर्बाइनमा क्षति

काठमाडौं । दोलखाको जिरी नगरपालिका–९, बसेरीमा रहेको झाँक्रे खोला जलविद्युत परियोजनामा पहिरोले क्षति र्पुयाएको छ । अविरल वर्षासँगै आएको पहिरोले ६३५ किलोवाट क्षमताको परियोजनाको पावर प्लान्टमा क्षति र्पुयाएको हो ।
खिम्ती ग्रामीण विद्युत सहकारी संस्था (केआरईसी) ले पहिरो पन्छाउन स्काभेटर प्रयोग गरिरहेको छ । संस्था अन्तर्गतको खिम्ती १ जलविद्युत केन्द्रले दोलखा र रामेछाप क्षेत्रका बासिन्दालाई विद्युत सेवा र्पुयाउन झाँक्रे खोलामा यो आयोजना बनाएको थियो ।
परियोजनाको पावर प्लान्टमा पहिले नै समस्या आएको र त्यसकै कारण गत फागुनदेखि उत्पादन बन्द भएको थियो । उपकरण बिग्रिएर उत्पादन ठप्प भएको अवस्थामा हालैको पहिरोले थप क्षति र्पुयाएको हो ।
हाल उत्पादन बन्द रहेकाले केआरईसीले वैकल्पिक रुपमा ४०० किलोवाट क्षमताको हलुवा खोलाबाट उत्पादित बिजुली वितरण गरिरहेको छ ।











