संसदीय सुनुवाइ समितिबाट प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्य अनुमोदित

२३ असार २०८२, सोमबार १२:३०

काठमाडौं। संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद् सदस्यको सुनुवाइ अनमोदन गरेको छ।

समितिको आजको बैठकले न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम अनुमोदन गरेको समिति सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिइन्।

समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको छ। प्रस्तावित न्यायाधीश र सदस्यको अवधारणा र सोच तथा प्राप्त उजुरीमाथि छलफल गरी समितिले सर्वसम्मत उनीहरूको नाम अनुमोदन गरेको हो।

यसअघि समितिले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासँग न्यायाधीश तथा संवैधानिक निकायमा हुने नियुक्तिलाई समावेशी तुल्याउने विषयमा ध्यान दिन सुझाव दिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*