कृषि बीमाको अनुदान सिफारिस स्थानीय तहबाट उपलब्ध गराउन संसदमा माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले नेता अच्युत प्रसाद मैनालीले कृषि तथा पशुपन्छी बीमा प्रणाली निकै झण्झटिलो भएकाले एकीकृत गरी लागु गर्नुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधी सभामा बोल्दै मैनालीले कृषकले पशु बीमाको एउटै विवरण बीमा कम्पनी, बीमा प्राधिकरण लगायतका ठाउँमा पटक–पटक भर्नुपर्ने बाध्यकारी अवस्था हटाइ एकीकृत गर्न सरकारलाई सुझाव दिएका हुन् ।
उनले भने, ‘कृषि तथा पशुपन्छी बीमा सेवा निकै झन्झटिलो भएकाले अनलाईन प्रणालीलाई एकीकृत गरेर सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउँन अथमन्त्रालय, कृषि मन्त्रालय, बीमा प्राधिकण र बीमा कम्पनीहरुको ध्यानाकर्षण गराउन चाहान्छु।’
‘अनुदान सिफारिस पत्रको लागि हाल बीमा कम्पनीहरुले कृषि ज्ञान तथा विज्ञ केन्द्रबाट लिनुपर्ने व्यवस्थालाई प्रत्यक स्थानीय तहबाट लिनुपर्ने व्यवस्था बनाउँनु आवश्यक रहेको छ।’













