टीभीएसको जुपिटर ११० नेपाली बजारमा: स्मार्ट प्रविधिसहित १५ नयाँ फिचर, कति पर्छ मूल्य ?

काठमाडौं । टीभीएसको नयाँ स्कुटर टीभीएस जुपिटर ११० नेपालमा सार्वजनिक भएको छ। टीभीएस ब्राण्डको नेपालका लागि आधिकारी आयातकर्ता तथा बिक्रेता कम्पनी जगदम्बा मोटर्सले उक्त स्कुटर सोमबार सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार जुपिटरलाई पूर्ण रूपमा ‘एर्गोनोमिक्स’ ध्यानमा राखेर सपोर्टिव र स्टाइलिश डिजाइन गरिएको छ। सबै उमेर, लिङ्ग र शारीरिक बनावट भैएका प्रयोगकर्तालाई लक्षित गर्दै, स्कुटरको ह्यान्डल, सिट उचाइ र फ्लोरबोर्ड अत्यन्त सहज बनाइएको कम्पनीको भनाई छ ।
यसको आकर्षक पियानो ब्ल्याक फिनिश र सिग्नेचर इनफिनिटी लाइट्सले आधुनिक नेपालको बदलिंदो सौन्दर्य रुचिलाई झल्काउँछ । साथै, यो स्कुटरमा स्मार्ट अलर्टसहितको पूर्ण डिजिटल रंगीन स्पीडोमिटर, औसत र रियल टाइम माइलेज देखाउने सुविधाजस्ता फिचरहरू समावेश छन् ।

सुरक्षाका नयाँ मानकहरु
स्कुटरमा सुरक्षा र सुविधा दुवैको उत्कृष्ट संयोजन पाइन्छ, जसमा यी कुराहरु समावेश मेटल म्याक्सको भरपर्दो संरचना -धातुका फ्युल ट्यांक, साइड प्यानल, फ्रन्ट फेन्डर छन्:
Dual Helmet Storage (सिट मुनि ३३ लीटर स्टोरेज )
Emergency Brake Warning
Tum Signal Reset
Follow Me Headlamp
अन्य विशेषतहरु
नयाँ डिजाइनमा इनफिनिटी लाइट बार, प्रिमियम पियानो ब्ल्याक प्यानल र आकर्षक आधुनिक बनावट आधुनिक,
हल्का र शक्तिशाली इन्जिन iGO असिस्ट सहित, जसले दिएको छ अझ राम्रो टर्क र इन्धन दक्षता
डुअल हेल्मेट अन्डर- सिट स्टोरेज (सिट मुनि ३३ लीटर स्टोरेज), अगाडिबाट इन्धन भरिने सुविधा र फराकिलो फुटबोर्ड स्पेस

सुरक्षा बढाउने रोपेटल डिस्क ब्रेक, टर्न सिग्नल ल्याम्प रेस्ट, इमर्जेन्सी ब्रेक वार्निङ, ह्याजाई ल्याम्प र MetalMaxx Body
लामो सिटसहितको Body Balance 2.0 प्रविधिले सवारी नियन्त्रण र आराममा सुधार
“Find Me” सुविधा, “Follow Me” हेडल्याम्प, र सहज प्रयोगयोग्य अटो क्यान्सल हुने TSL सुविधा TVS
SMARTXONNECT TM ब्लुटुथ जडान भएको डिजिटल क्लस्टर – कल, एसएमएस, नेभिगेसन र भ्वाइस असिस्टसहित
Distance to Empty, Real Time Fuel Efficiency, Average Fuel Efficiency मूल्य
यो स्कुटरको शुरुआती मूल्य २ लाख ५७ हजार ९०० रुपैया राखिएको छ । यो Disc SXC भेरियन्टमा सम्पूर्ण टीभीएस शोरुमहरुमा उपलब्ध हुनेछ ।
जगदम्बा मोटर्स नेपालमा दुई पांग्रे र व्यावसायिक सवारीसाधनको प्रमुख वितरक तथा सेवा प्रदायक कम्पनी हो । गुणस्तर, ग्राहक सन्तुष्टि र नवीनतम समाधानप्रति दृढ प्रतिबद्धता लिएर, जगदम्बा मोटर्सले लामो समयदेखि नेपाली बजारमा विश्वस्तरीय मोबिलिटी उत्पादनहरु ल्याउँदै आएको छ ।














