बिक्री हुनै छोडेपछि एकैपटक २ लाख घट्यो केई इक्यूटको मूल्य

२३ असार २०८२, सोमबार १८:५०

काठमाडौँ । नेपाली बजारमा उपलब्ध केई इक्यूट ०२ को मूल्य एकैपटक २ लाख रुपैयाँले घटाइएको छ। नेपालका लागि केईको आधिकारिक वितरक लक्ष्मी ई मोबिलिटी र जीओ अटोमोबाइल्सले बिक्री नहुन थालेपछि मूल्य समायोजन गरेको बताइएको छ।

यसअघि २२ लाख ९६ हजार रुपैयाँमा बिक्री हुँदै आएको इक्यूट अब २० लाख ९६ हजार रुपैयाँमै खरिद गर्न सकिन्छ। मूल्य घटेसँगै इक्यूट नेपालमा उपलब्ध सबैभन्दा सस्तो र फिचरयुक्त इलेक्ट्रिक गाडीहरू मध्ये एक बनेको छ।

सहरभित्रको यात्रा र छोटो दूरीका लागि उपयुक्त सानो आकारको यो कारमा फ्रन्ट फेसियामा हकआई डिजाइनको एलईडी हेडलाइट, फ्लस डोर ह्यान्डल र पछाडि एरोडाइनामिक टेलविङ जस्ता विशेषताहरू रहेका छन्।

तर, पछिल्लो समय बिक्री ठप्प भएको अवस्थामा रहेको कारणले कम्पनीले मूल्य घटाएर नयाँ बजार रणनीति अपनाएको अनुमान गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*