रसुवागढीमा भिषण बाढी पहिरो, चीनको केरुङ जोड्ने मितेरी पुल बगायो, अर्बौको क्षति

२४ असार २०८२, मंगलवार ०७:०३

काठमाडौं । आज विहानै आएको भिषण बाढी पहिरोबाट नेपालको चीनसँगको व्यापारिक नाका रसुवागढीमा ठूलो क्षति भएको छ । यद्यपि मानवीय क्षतिको विवरण आइसकेको छैन । मितेर पुल भएको लेन्दे खोलमा भिषण बाढी आएको हो । बाढीबाट रसुवागढी हाईड्रोपावर, नयाँ बन्दै गरेको भन्सार यार्डमा क्षति पुगेको छ ।

आज विहान करिब ३ः१५ बजेतिरको समयमा चीनतर्फबाट बगेर आएको बाढीले नेपाल चीन जोड्ने मितेरी पुल समेत बगाएको छ । चीनतर्फको अध्यागमन कार्यालय अगाडीको पुल विहिन अवस्थामा देखिएको छ ।

बाढीले खोला किनारामा पार्किङ गरिराखिएको केही ट्रकहरु समेत बगाएको छ । त्यस्तै भन्सार छुटाउन भनेर राखिएको केही इभी गाडीहरु समेत बगाएको अनुमान गरिएको छ ।

बाढीले अर्बौको क्षति पुर्याएको स्थानीयबासी केशव न्यौपानेले जनाएका छन् । हाल घटनास्थलमा प्रहरी र सेना पुगेर उद्धार कार्य सुरु गरिएको जानकारी प्राप्त भएका छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*