अपर तामाकोशीको सञ्चालकमा नेपाल टेलिकमकी सविना मास्के प्रधान नियुक्त

२४ असार २०८२, मंगलवार १०:२९

काठमाडौं । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको सञ्चालकमा सविना मास्के प्रधान मनोनयन भएकी छन् । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडकी निमित्त प्रबन्ध निर्देशक प्रधानलाई कम्पनीले प्रतिनिधिको रुपमा कम्पनीले अपर तामाकोशीको सञ्चालकमा मनोनयन गरी पठाएको हो ।

प्रधानलाई अपर तामाकोशीको असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको २९९ औं बैठकले सञ्चालकको रुपमा स्वागत समेत गरेको छ । यसका साथै सोहि मितिदेखि उनले सञ्चालक समितिको सदस्यमा प्रतिनिधित्व समेत गरेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*