आन्तरिक कर्जामा सरकारको जोड, ३.४ प्रतिशतले बढ्यो

काठमाडौं । सरकारको आन्तरिक कर्जा ३.४ प्रतिशतले बृद्धि भएको छ । केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म उक्त कर्जा बृद्धि भएको हो । विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.५ प्रतिशतले बढेको थियो ।
वार्षिक विन्दुगत आधारमा जेठ मसान्तमा यस्तो कर्जा ६.० प्रतिशतले बढेको छ । यस अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २२.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १२.५ प्रतिशतले घटेको थियो ।
वार्षिक विन्दुगत आधारमा जेठ मसान्तमा यस्तो दाबी ७.६ प्रतिशतले घटेको छ । यस अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ८.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ६.६ प्रतिशतले बढेको थियो ।
वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ८.२ प्रतिशतले बढेको छ ।











