जेठ महीनासम्म सरकारले खर्चियो १२ खर्ब ८२ अर्ब रुपैयाँ, पूँजीगत खर्च भने न्यून

२४ असार २०८२, मंगलवार १३:०६

काठमाडौं । चालु आर्थिक वर्षको एघार महीना जेठसम्म नेपाल सरकारले १२ खर्ब ८२ अर्ब ९४ करोड रुपैयाँ कुल खर्च गरेको छ। गत आवको यसै अवधिसम्म सरकारले ११ खर्ब ८१ अर्ब ३० करोड रुपैयाँ खर्चिएको थियो।

जसमध्ये चालु खर्च मात्रै ८ खर्ब ५१ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने पूँजीगत खर्च १ खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ। वित्तीय व्यवस्थाका लागि सरकारले २ खर्ब ८७ अर्ब ९७ करोड रुपैयाँ खर्चिएको छ।

जेठ महीनासम्म सरकारको कुल राजस्व परिचालन (प्रदेश र स्थानीय सरकारमा बाँडफाँड हुने रकम समेत) १० खर्ब १६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। यसमा कर राजस्व ९ खर्ब १८ अर्ब रुपैयाँ र गैरकर राजस्व ९८ अर्ब ८ करोड रुपैयाँ परिचालन भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*