रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति

२४ असार २०८२, मंगलवार १३:४६

काठमाडौं । रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको आकस्मिक बाढीका कारण रसुवाका प्रमुख चार जलविद्युत आयोजनामा क्षति पुगेको छ। बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, ६० मेगावाट क्षमताको त्रिशुली थ्री ‘ए’, २१ मेगावाटको चिलिमे हाइड्रोपावर र १९ मेगावाटको बेनी हाइड्रोपावर प्रभावित भएका छन्।

रसुवागढी जलविद्युत आयोजनामा सबैभन्दा ठूलो क्षति भएको छ। आयोजनाको निर्माणाधीन संरचना तथा पहुँच मार्गमा ठूलो प्रभाव परेको जनाइएको छ। बाढीले आयोजनाअन्तर्गत रहेको एकवटा पुलसमेत बगाएको छ ।

यसैगरी, त्रिशुली थ्री ‘ए’ आयोजनाको कार्यालय भवनमा बाढी पसेपछि केही सामग्री र उपकरणमा क्षति पुगेको छ। यद्यपि आयोजनाको मूल संरचनामा ठूलो असर नपरेको प्रारम्भिक आकलन गरिएको छ।

चिलिमे र बेनी जलविद्युत आयोजनामा भने सामान्य क्षति भएको जनाइएको छ। बाढीका कारण आयोजनास्थल नजिकको सडक अवरुद्ध भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*