रोड भासिएपछि दाउन्ने सडकखण्ड पूर्णरूपमा बन्द
२५ असार २०८२, बुधबार ०९:२०

काठमाडौं । पूर्व–पश्चिम राजमार्गमा पर्ने पश्चिम नवलपरासीको दाउन्ने सडकखण्ड पूर्णरूपमा बन्द भएको छ। बर्दघाट–४ स्थित खुर्सानी खोला नजिक रोड भासिएपछि सडकखण्ड बन्द भएको हो।
रोड भासिएसँगै दुईतर्फी सवारी आवागमन पूर्णरूपमा बन्द भएको छ। यता वैकल्पिक मार्ग पनि नभएकाले सडक खुल्ने समयसम्म धैर्य गर्नुपर्ने बाध्यता परेको छ।
प्रहरीका अनुसार सडक खुलाउने प्रयास भए तापनि वर्षाका कारण केही समय लाग्नेछ। रोड भासिएर सडक बन्द भएसँगै पूर्वतर्फ जाने गाडीहरू बर्दघाटको टिसिएनचोकमा र पूर्वबाट आएका गाडीहरू दुम्किबासमा अड्किएका छन्।













