आठ जटिल रोगका बिरामीले दुई लाख उपचार सुविधा पाउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

२५ असार २०८२, बुधबार १२:२५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडलेलले स्वास्थ्य बीमामा आवद्ध बिरामीले आठ प्रकारका जटिल रोगमा दुई लाख रुपैयाँ उपचार सुविधा पाउने घोषणा गरेका छन्।

पौडेलका अनुसार क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा पाउनेछन्। यसअघि यी आठ प्रकारका जटिल रोगले ग्रसित बिरामीले एक लाख रुपैयाँसम्मको सुविधा पाउँदै आएकोमा त्यसलाई दोब्बर बनाइएको हो।

यो घोषणा साउन १ गतेबाट लागू हुने र यसले कडा रोग लागेर उपचारका लागि खर्च जुटाउन नसकेका बिरामीलाई राहत हुने मन्त्री पौडेलले बताएका छन्। उनले स्वास्थ्य बीमालाई थप परिस्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन निरन्तर प्रयत्नशील रहेको बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*