आज गुरु पूर्णिमा, गुरुलाई सम्मान गरी मनाइँदै
२६ असार २०८२, बिहीबार ०७:०९

काठमाडौं । आज असार २६ गते बिहीबार हिन्दू परम्परा अनुसार गुरुजनप्रति श्रद्धा, सम्मान र कृतज्ञता प्रकट गर्ने दिन अर्थात् गुरु पूर्णिमा रहेको छ।
गुरु पूर्णिमा श्रावण महिनाको शुक्ल पक्षको पूर्णिमाका दिन मनाइने चलन छ। शास्त्रीय मान्यताअनुसार यस दिनलाई महर्षि वेदव्यासको जन्म जयन्तिका रूपमा समेत लिइन्छ। वेदव्यासले वेद, पुराण र महाभारतको रचना गरेका थिए। त्यसैले यस दिनलाई व्यास पूर्णिमा पनि भनिन्छ।
आज विभिन्न शैक्षिक संस्थाहरूमा विविध कार्यक्रमको आयोजना गरी गुरुहरूप्रति सम्मान, भक्ति र श्रद्धा प्रकट गर्ने गरिन्छ। शिक्षा, धर्म र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने गुरुहरूलाई स्मरण गर्दै गुरुपूर्णिमा मनाउने परम्परा रहीआएको छ।











