माछे खुर्सानी २० रुपैयाँले बढ्दा मौसम ३४ रुपैयाँले सस्तियो

२६ असार २०८२, बिहीबार ०८:१८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज हरियो माछे खुर्सानीको भाउ किलोमै २० रुपैयाँले बढेर ८५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

यता मौसमको भाउ भने एकैदिन किलोमा ३४ रुपैयाँले घटेर १५६ रुपैयाँ कायम हुँदा राजा च्याउको भाउ ३४ रुपैयाँले नै बढेर २९० रुपैयाँ प्रतिकिलो औसत मूल्य तोकिएको छ।

आज पिंडालु, भन्टा, आलु लगायतको भाउ बढेको छ भने गोलभेँडा, बन्दा, बोडी, तीते करेला, लौका, भिण्डी, साग, न्यूरो लगायतको भाउ केही घटेको छ।
हेरौं हिजो र आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*