४६ वटा नदीमा पानीको बहाब बढ्ने, २६ जिल्लामा बाढीको जोखिम

२६ असार २०८२, बिहीबार ०८:५५

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म विभिन्न ४६ वटा नदीहरूमा पानीको बहाब बढ्ने अनुमान गरेको छ।

महाशाखाले कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई जलाधारका ४६ वटा नदीमा साउन २८ गतेसम्म पानीको बहाब बढ्ने जनाएको छ। हालसम्म यी नदीहरूको जल प्रवाह सतर्कता तहभन्दा मुनि रहेको भएपनि आगामी तीन दिनसम्म सामान्यदेखि उल्लेख्य मात्रामा जल प्रवाह बढ्ने महाशाखाले जनाएको छ।

आज डोटी, डडेल्धुरा, कञ्चनपुर, कैलाली र आसपासका स–साना नदीहरूको बहाब उल्लेख्य बढ्ने भएकाले आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, लमजुङ, जुम्ला, कालीकोट, सल्यान, रोल्पा, अछाम, सुर्खेत, बर्दिया, दैलेख, दार्चुला, बैतडी र आसपासका जिल्लामा बाढीको मध्यम जोखिम रहेकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*