स्वास्थ्य बीमा बोर्डमा नाम निकालेका डाक्टरले नियुक्ति पत्र लिन किन गरे अस्वीकार ?

२६ असार २०८२, बिहीबार १७:११

काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा करार सेवामा नाम निकालेका १८० जना मध्ये १५० जना डाक्टरले नियुक्ति पत्र लिन अस्वीकार गर्दै विरोध गरेका छन् ।

बोर्डमा करार सेवामा नाम निकालेका १५० जना डाक्टरले कार्य विवरण चित्तबुझ्दो नभएको भन्दै उनीहरुले अस्वीकार गरेका एक चिकित्सकले बीमापोष्टलाई जानकारी दिएका छन् ।
ती चिकित्सकले भने , ‘प्रत्येक कार्यदिनमा ४०० वटा दाबीको मूल्यांकन वा रु। २५/३० लाख रकमको मूल्याङ्कन पूरा गर्नुपर्ने भनिएको छ। एक मिनेटमा एउटा दाबी मूल्यांकन पूरा गर्न सम्भव देखिदैन।ु यदि दिनमा उक्त संख्यामा दाबी पूरा नभएमा थपिँदै जाने प्रावधान अव्यवहारिक रहेको उनीहरुको बुझाई रहेको छ ।

दिनमा ७ घन्टा काम गर्ने भनिएको छ। ७ घन्टामा ४२० मिनेट हुन्छ र लक्ष्य ४०० को दिइएको छ। जुन अव्यवहारिक रहेको बताउँदै उनीहरुले करारमा हस्ताक्षर गर्न अस्वीकार गरेका गरेका छन् ।

बोर्डमा लामो समयदेखि दाबीको चाङ लागेको छ। त्यसलाई फररफारक गर्न १८० जना मेडिकल अफिसरका लागि आवेदन मागिएको थियो। जसअनुसार १८० जनाको नाम निस्केको थियो।

कार्य विवरणमा रहेको योलगायत अन्य केही प्रावधानलाई संशोधन गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत पत्र लेखिएको छ। जहाँ उनीहरु त्यहाँ कार्य विवरण अव्यवहारिक, अवैधानिक र श्रमको उचित मूल्यांकन नभएको पाइएको उल्लेख गरेका छन्।
तीमध्ये ३० जना भने कार्य विवरण अनुसार नै काम गर्न आफूहरु तयार भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*