अवतरण हुन नसक्दा आकासमा ७ जहाज फन्को मार्दै

२६ असार २०८२, बिहीबार १७:३३

काठमाडौँ । काठमाडौँ उपत्यकाको मौसम खराब हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणमा समस्या भएको छ । भिजिबिलिटी (दृश्यता) कमजोर भएका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजहरू आकासमै फन्को मार्न बाध्य भएका छन् ।

हाल काठमाडौँ र आसपासका जिल्लामा वर्षा भइरहेकाले अवतरणका लागि आवश्यक न्यूनतम दृश्यता नपुगेको हो । सोही कारणले सात वटा जहाज आकाशमै घुमिरहेका छन् । तीमध्ये केही आन्तरिक र केही अन्तर्राष्ट्रिय उडानका जहाजहरू रहेका छन् ।

विमानस्थलका प्राविधिक टोलीले मौसम सुधार हुनासाथ जहाजहरूलाई अवतरणको अनुमति दिने तयारी गरेको जनाएको छ । हाल उडान तथा अवतरण दुबै प्रभावित भएका छन् भने यात्रुहरूलाई केही समय पर्खन अनुरोध गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*