एअर ट्राफिक तालीम सञ्चालन गर्दै नागरिक उड्ययन प्राधिकरण, पास गर्नेलाई रोजगारी दिने

२७ असार २०८२, शुक्रबार ०८:४५

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले  विमानस्थल सम्बन्धी तालीम सञ्चालन गर्ने र तालीममा पास भएका ३२ जनालाई रोजगारी दिने भएको छ।

प्राधिकरणले १६ जनालाई ‘बेसिक एअर ट्राफिक सर्भिस कोर्ष, (एटीएस–००९) र बाँकी १६ जनालाई विमानस्थल उद्धार तथा अग्नि नियन्त्रण (एआरएफएफ–०१६) तालीम दिने भएको हो।

तोकिएको योग्यता पूरा भएका इच्छुक व्यक्तिले साउन १६ गतेसम्म र दोब्बर शुल्क तिरी साउन २३ गतेसम्म तालीमका लागि आवश्यक कागजात सहित आवेदन दिन सक्नेछन्।

तालीम पश्चात् प्राधिकरणले लोक सेवा आयोग मार्फत् लिखित परीक्षा समेत लिनेछ। तालीममा उत्तीर्ण भएकालाई प्राधिकरणको रिक्त दरबन्दीमा नियुक्ति गरिने जनाएको छ। तालीम सम्पन्न गरी नियुक्ति भएकालाई तत्कालका लागि उपत्यका बाहिरका जिल्लाका प्राधिकरणका कार्यालयमा कम्तीमा २ वर्ष काम गर्ने गरी खटाइने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*