डिभाइडरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

२७ असार २०८२, शुक्रबार १०:५८

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ स्थित तीन थानामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । थानकोटबाट कलङ्की जाँदै गर्दा बा ८५ प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक रोशन ढकालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

करिब ३६ वर्षीय ढकाल थानकोटका स्थानीय हुन् । शुक्रवार बिहान पौने ४ बजेतिर ढकालले हाँकेको मोटरसाइकल अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको हो । डिभाइडर मा ठोक्किएपछि सो मोटरसाइकल बागमती प्रदेश–०२–०४२ प ९८२२ नम्बरको स्कुटरमा ठोक्किएको थियो ।

स्कुटर चालक धादिङ धुनिवेशी वडा नम्बर–९ घर भएका २५ वर्षीय विवेक केसी समेत घाइते भएका छन् । उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*