राष्ट्रिय बीमा कम्पनीको साधारणसभा आज बस्दै, यस्ता छन् प्रस्ताव

२९ असार २०८२, आईतवार ०६:१८

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा आज शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिस प्रा.लि मा बिहान ११ बजेदेखि बस्दैछ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष (आव) २०७५/२०७६ र २०७६/२०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ।

त्यसैगरी कम्पनीको सोही दुई आवको लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा/नोक्सान हिसाब तथान नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित सनुसूचीहरूमाथि छलफल गरी पारित गर्नेछ।

साधारणसभा प्रयोजनार्थ यस कम्पनीले असार २३ गते देखि बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा असार २२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*